आवतजावतमा कडाइ, एक जिल्लाबाट अर्को जिल्ला जाने सबै पास रद्द

काठमाडौं, ३० बैशाख । गृह मन्त्रालयले आवतजावतमा कडाइ गरेको छ । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।

आवतजावतमा कडाइभएसँगै एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।

मन्त्रालयले मंगलबार दिउँसोको निर्णय अनुसार बिहीबारदेखि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिको हकमा पनि सम्बन्धित निकायबाट प्राप्त पास अनिवार्य अनिवार्य गरिएको छ ।

अत्यावश्यक सेवाका लागि कुनै प्रावधान लागू भएको छैन।

यदि कोही बाहिर जान चाहे भने पनि मनासिब कारण देखाएर दुबै जिल्लाको अनुमति लिइनुपर्ने छ । तर काठमाडौं उपत्यकाको हकमा भने यो लागू हुनेछैन।

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले जारी गरेको पासले मात्र हिँड्न पाइने छ,नेपाल टेलिकम वा एनसेलका कर्मचारी नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको पासले हिँड्न पाउँछन्।

सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here