भारतमा रहेका उद्धारको माग गर्दै प्रदेश सभा सदस्यको घरमा धर्ना

दोधारा, ३१ बैशाख । भारतका विभिन्न शहर र सीमावर्ती भारतीय भूभागमा रहेका नेपालीको उद्धारको माग राख्दै माहाकाली नगरपालिकाका स्थानिय महिलाहरुले सकडमा प्रदर्शन गरेका छन् ।

बुधबार बिहान माहाकाली नगरपालिका–९, कालिकाबजारमा जम्मा भएर स्थानीय महिलाहरुले भारतका बिभिन्न शहर र सीमावर्ती भारतीय भूभागमा रहेका नेपालीको उद्दारको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनिहरुले झण्डै ३ घण्टा माहाकाली नगरपालिकाको मुल सडक खण्ड अबरुद्ध गरेका थिए । उनीहरुले सरकारले भारतमा रहेका नेपालीहरुलाई भित्रिन नदिएको बिरोधमा टायर समेत बालेका थिए ।

उनीहरुले दुई तिहाई सरकार चाहिदैन, प्रतिनिधी सभा सदस्य दिपकजी, प्रदेश सभा सदस्य मान बहादुर कहाँ छन ? भारतमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गर लगायतका नारा लगाएका थिए ।

माहाकाली नगरपालिका क्षेत्रका झण्डै १५ हजार बढि व्यक्ति भारतका बिभिन्न शहरमा रोजगारीमा रहेको माहाकाली नगरपालिकाको एक तथ्यांक रहेको छ् ।

त्यस्तै सीमावर्ती खटिमा, रुद्रपुर र बनबासा क्षेत्रमा माहाकाली नगरपालिका झण्डै सय भन्दा बढी व्यक्ति बिगत डेढ महिना देखि उद्दारको पखाईमा बसेका छन् ।

भारतमा रहेका आफन्तको उद्धार गर्नु पर्ने माग राख्दै आएका स्थानियहरुले प्रदेश सभाका सदस्य माननिय मान बहादुर सुनारको घर घेरेका छन् ।

तत्तकाल आफन्तहरुलाई घर फर्किने बाताबरण नभए कडा अन्दोलनको चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here