थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौं २ जेठ । नेपालमा थप ९ जनामा कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बाँके नैनापुर वडा १,३ र ५ का १८ देखि ३६ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो।

यस्तै वाग्मती प्रदेशको मकवानपुरमा समेत भाइरसको संक्रमण देखिएको छ। मकवानपुरका ३७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। यससँगै नेपालभर २ सय ५८ मा संक्रमण देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here