कोरोना संक्रमितको संख्या ४५ लाख नाघ्यो, १७ लाख ५४ हजार संक्रमणबाट मुक्त

काठमाडौं, ३ जेठ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ४५ लाख ३४ हजार ६७३ पुगेको छ।

पहिचान भएका संक्रमितमध्ये हालसम्म तीन लाख सात हजार १०८ जनाको ज्यान गएको छ। १७ लाख ५४ हजार मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

संक्रमि मध्ये १७ लाख ५४ हजार ५३ जना संक्रमण मुक्त भएका हुन् ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी १४ लाख ४२ हजार ९२४ जना संक्रमित भेटिएका छन् भने ८७ हजार ४९३ जनाको ज्यान गएको छ संक्रमितको संख्याका हिसाबले रुस दोस्रो स्थानमा छ।

त्यहाँ दुई लाख ६२ हजार ८४३ जना संक्रमित भेटिएकामा दुई हजार ४१८ जनाको मृत्यु भएको छ। बेलायतमा दुई लाख ३८ हजार संक्रमित भेटिएकामा हालसम्म ४३ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here