शाओमी बन्यो नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड, सामसुङ दोस्रो

काठमाडौं, ३ जेठ । शाओमी नेपालमा सबैभन्दा बढी बिक्रीहुने मोबाइल फोन बनेको छ ।

विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकर आईडीसीको तथ्यांकअनुसार सन् २०२० को पहिलो त्रैमासिकमा शाओमी नेपालको सबैभन्दा ठूलो मोबाइल ब्राण्ड बनेको हो ।

सन् २०२० को पहिलो त्रैमासका पछिल्ला ३ हप्ता भने लकडाउनसँगै नेपालामा मोबाइल फोनको कारोबार पनि करीबकरीब रोकिएको छ ।

सन् २०१८ अक्टुबरदेखि संचालनमा आएको यस ब्राण्डले नेपालको स्मार्टफोन बजारमा पहिलो पटक नेतृत्व गरेको कम्पनीले बताएको छ । उसलाई सामसुङ र भिभोले पछ्याएका छन् । त्यसै गरी चौथो र पाँचौंमा ओप्पो र लाभा छन् ।

सन् २०२० मा ३०.९ प्रतिशत बजार हिस्साका साथ नेपालमा बिक्री भएका शिर्ष १० स्मार्टफोनहरु मध्य ४ शाओमी रहेको कम्पनीले बताएको छ । यो तथ्यांक दोस्रो ठूलो ब्राण्ड सामसुङ भन्दा करीब ६६ प्रतिशतले बढी हो ।

सन् २०२० को प्रथम त्रैमासिकमा शिर्ष पाँच स्मार्टफोन मध्य दुईवटा शाओमीका स्मार्टफोन थिए, रेडमी नोट ८ ले नेपालमा नम्बर एक स्मार्टफोनको नेतृत्व गरिरहेको छ भने त्यसलाई रेडमी ८ ले पछ्याएको छ, कम्पनीले विज्ञप्तिमा भनेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीका अनुसार कम्पनी अनलाइन बिक्री साझेदार डराज डट कमको सबै सेल्स इभेन्टहरुमा नम्बर १ थियो र शाओमीको दशैं बिक्रीले ब्रान्डलाई ठूलो योगदान पुर्याएको थियो ।

देशभरि साओमिका ३५० मी प्रिफर्ड पार्टनर पसल सहित ९०० भन्दा बढि अफलाइन साझेदारहरू छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here