धुलिखेलमा मृत्यु भएकी महिलाको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी

काठमाडौं, ३ जेठ । सरकारले धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएकी महिलाको शव अन्त्येष्टि गर्ने तयारी गरेको छ।

कोरोनाको संक्रमणबाट निधन भएका व्यक्तिको प्राटोकल अनुसार सेना र प्रहरीले धुलिखेल अस्पतालबाट महिलाको शव पशुपति आर्यघाटमा ल्याएर अन्त्येष्टि गर्ने तयारी थालेको हो । ‘मृतकको अन्त्येष्टि आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा गरिने प्रहरीले जनाएको छ ।

धुलिखेल अस्पतालमा गरिएको कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट तीन पटकसम्म पोजेटिभ आएको थियो। स्वास्थ्य मन्त्रालयले उक्त रिपोर्टमा विश्वास नगरी स्वाब टेकु मगाएर शनिबार पुनः परीक्षण गरेको थियो।

टुकुमा पनि रिपोर्ट पोजेटिभ आएपनि स्वास्थ्य मन्त्रालयले अझै सार्वजनिक गरेको छैन। सिन्धुपाल्चोकको बाह्रविसेकी २९वर्षीया महिलाको शुक्रबार साँझ धुलिखेल अस्पतालमा निधन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here