अर्थतन्त्रमा कोरोनाको प्रभाव, नेपाललाई १ खर्ब ६८ अर्बको क्षति

काठमाडौं, ५ जेठ । अर्थतन्त्रका सवै क्षेत्रमा कोभिड–१९ को प्रभाव देखिन थालेको छ । लकडाउनको कारण उद्योगधन्दाहरु न्यून क्षमतामा संचालित भैरहेका छन् ।

ठूला आयोजनाहरुको निर्माण कार्य सुस्त भएको छ । सार्वजनिक यातायात बन्द रहेको अवस्था छ । जसको कारण नेपाललाई करिब १ खर्ब ६८ अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

कोभिड–१९ पूर्वको प्रक्षेपणलाई केन्द्रिय तथ्याङ्क विभागको पछिल्लो सार्वजनिक अनुमानसँग तुलना गर्दा अर्थतन्त्रमा प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा करिव १ खर्ब ६८ अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

विगत ३ वर्षमाऔसत ७.३ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा आर्थिक वर्ष २०७६/७७ मा २.२८ प्रतिशत आर्थिक वृद्धि हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान छ ।

कोभिड–१९ को प्रभाव शुरु हुनुपूर्व ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुन सक्ने प्रक्षेपण गरिएकोमा अर्थतन्त्रमा देखिएको असहज अवस्थाका कारण आर्थिकवृद्धि न्यून रहने देखिन्छ ।

कोभिड–१९ पूर्वको यस प्रक्षेपणलाई केन्दी्रय तथ्याङ्क विभागको पछिल्लो सार्वजनिक अनुमानसँग तुलनागर्दा अर्थतन्त्रमा प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमाकरिव रु.१ खर्ब६८ अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

०७६ फागुनको तुलनामा २०७६ चैतमा खाद्य तथा पेय पदार्थ मुद्रास्फीति वढेको छ । कुल निर्यात, आयात र विप्रेषण आप्रवाहमा संकुचन आएको छ भने सरकारको राजस्व संकलन र खर्च पनि प्रभावित भएको छ ।

२०७६ चैतमा निक्षेप संकलन र कर्जा प्रवाह भने सामान्य रहेको छ । निक्षेपको भारित औसत व्याजदर सीमान्त घटेकोे छ भने कर्जाको व्याजदर स्थिर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here