चाबी विनाको हुण्डाई सोनाटा कार, स्मार्टफोनबाट चल्ने

काठमाडाैं, ८ वैशाख । कोरियाली अटोनिर्माता हुण्डाईले सोनाटाको नयाँ संस्करणलाई चाबी विनै खोल्ने र चल्ने बनाएको छ । उसले तेस्रो पुस्ताको २०२० सोनाटा कारलाई डिजिटल चाबीबाट चल्ने बनाएको हो ।

२०२० सोनाटा डिजिटल की प्रयोग गरिएको पहिलो कार हो ।

गत साता अमेरिकाको न्यू योर्क शहरमा भएको अन्तरराष्ट्रिय अटो शोमा प्रदर्शनमा राखिएको नयाँ सोनाटा चाबीको साटो स्मार्टफोनको सहायताले चल्ने छ । स्मार्टफोनबाटै गाडी लक, अनलक र स्टार्ट हुने कम्पनीले बताएको छ ।

यस्तो डिजिटल चाबी चार जनासँग बाँडन मिल्ने भएकाले चाबी हराउने डर कम हुनुका साथै परिवारका सदस्य वा कम्पनीका कर्मचारी बीच कार साटफेर गरेर चलाउन पनि सजिलो हुनेछ ।

त्यतिमात्र होइन, हरेक ड्राइभरले गाडीमा आफू अनुकुलको सेटिङ बनाउन सक्नेछन् जुन कारको मेमोरीमा स्टोर भइरहने छ । २०२० सोनाटाले युजर अनुसार साइड मिरर, साउण्ड तथा सीटको पोजिसन अटोमेटिकरुपमा परिवर्तन गर्नेछ ।

कम्पनीकाअनुसार यी सबै गतिविधि एक विशेष एपमार्फत सञ्चालने हुनेछन् । सो एपबाटै ड्राइभरले कुनकुन स्मार्टफोनबाट गाडी खोल्न, बन्द गर्न र चलाउन सकिने भन्ने पनि सेट गर्न सक्नेछन् । स्मार्टफोनले रिमोटको जस्तै कामगर्नेछ, र निश्चित दुरीमा कारलाई सञ्चालन गर्न सकिने छ ।

हालका डिजिटल की एण्ड्रोइड फोनमा मात्र उपलब्ध भएकाले केही समय भौतिक साँचो पनि चलाउनु पर्ने हुनसक्छ ।
२०२० सोनाटा सन् २०१९ को सेप्टेम्बरबाट उत्पादन हुने छ भने अक्टोबरदेखि डिलरहरुमा पुग्ने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here