राष्ट्र बैंकले फेर्‍यो सात विभागको नाम, सूचना प्रविधि विभाग महाशाखामा परिणत

काठमाडौं, ७ जेठ । । नेपाल राष्ट्र बैंकले आफ्नो मातहत रहेका सात वटा विभाग तथा कार्यालयको नाम फेरेको छ ।

साउन १ गतेदेखि लागू हुने गरी गभर्नरस्तरीय निर्णयबाट नाम परिवर्तन गरेको हो।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै नेपाल बैंकको जनशक्ति योजना (०७६/०७७ – ०७८/७९) मा उल्लेख भएअनुसार २०७७ वैशाख १ गते गभर्नरबाट सदर गरी विभागको नाम परिवर्तन गर्ने निर्णय भएको जनाइएको छ ।

राष्ट्र बैंकले साविकको सामान्य सेवा विभागको नाम सम्पत्ति तथा सेवा ब्यवस्थापन विभाग भएको छ।

लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागको नाम लघुवित्त संस्था सुपरिवेक्षण विभाग नामाकरण गरिएको छ।

संस्थागत योजना विभागको नाम संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, बैंकिङ कार्यालयको नाम बैंकिङ विभाग, अनुसन्धान विभागको नाम ‘आर्थिक अनुसन्धान विभाग’ हुने छ।

सूचना प्रविधि विभाग महाशाखामा परिणत भएको छ। उपत्यका बाहिरका कार्यालयहरुको नाम ‘प्रदेशस्थित कार्यालय’मा रूपान्तरण भएको छ।

-keywords

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here