कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, ३ लाख २९ हजारको मृत्यु

काठमाडौं, ८ जेठ । कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ ।

बिहिबार बिहानसम्म ५० लाख ७९ हजार ८९५ जना संक्रमित भएका छन् ।महामारीबाट विश्वभर ३ लाख २९ हजार १८० जनाको मृत्यु भएको छ ।

२० लाख १९ हजार ९४५ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ६२६ जनाले ज्यान गुमाएका छन् भने ९६ हजार ९५८ जनामा संक्रमण पुष्टि भएको छ ।

२७ लाख ३० हजार ७७० जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ७९८ जनाको अवस्था गम्भीर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here