मोबाइलमा बढी समय बिताउने बच्चालाई कसरी छुटाउने लत ?

काठमाडौं । कारोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन जारी नै छ । कोरोना संक्रमण रोक्नको लागि सरकारले अत्यावश्यक कार्यालय बाहेक अधिकांस बन्द नै गरेको छ ।

विद्यालयहरू बन्द पनि बन्द रहेको छ कतिपय विद्यालयले अनलाइन कक्षा लिएपनि धेरै बालबालिका आफ्नो दिनचर्या घरभित्रै मोबाइल चलाएर बिताइरहेका छन्।

अहिले मोबाइलसमय कटाउने बलियो बहाना बनेको छ। ‘त्यो बहाना जुनसुकै बेला पनि लत बन्न सक्ने सकेत समाजमा देखिएको विश्लेषकहरुको दाबी छ ।

केही वर्षअघिसम्म वयस्क मानिस मोबाइल तथा इन्टरनेटको जञ्जालमा फस्ने गरेको भए पनि अहिले बालबालिका तथा किशोर–किशोरीमा इन्टरनेटको लत देखिएको छ ।

अधिकांश अभिभावकको साझा समस्या आफ्ना बालबच्चाहरुको मोवाइल चलाउने लत कसरी छुटाउने भन्ने हुन्छ ।

किनकी अधिकांश बच्चाहरु अत्याधिक मात्रामा मोवाइल चलाउने मात्र होइन, खाना खादा, होमवर्क गर्दा वा निदाउन पनि मोवाइलको माग गर्दछन् ।

अझ कतिपय अभिमावक त आफै बच्चालाई मोबाइल दिएर भुलाउएर काम गर्ने गर्दछन् । तर चिकित्सकहरु भने दैनिक ५ घण्टाभन्दा बढी समय मोवाइलमा बिताउने बच्चाहरुमा रोगको खतरा हुने चेतावनी दिन्छन् ।

अझ ९ देखि १० वर्षका बच्चाले अत्याधिक मात्रामा मोवाइल चलाएमा यसले मस्तिष्कको बाहिरी पत्रमा समस्या देखा पार्ने बताउँछन् ।

बालबालिकामा रहेको मोवाइलको कुलत हटाउन उनिहरुलाई मोवाइल दिएर भुलाउनुको सट्टा आफुले समय दिनुपर्ने हुन्छ ।

यसका लागि बालबालिकासँग रमाउने, उनीहरुलाई समय दिने, उनीहरुको कुरालाई प्राथमिकता दिएर सुन्ने तथा कुराकानी गर्ने गर्नुपर्दछ । केहि अभिभावकहरु व्यस्त भएको भन्दै समय नदिने साथै आफ्नो काममा मात्र ध्यान दिने गर्दछन् ।

तर यसको सट्टा उनीहरुसँग खेलेर समय बिताएमा बच्चामा रहेको मोबाइलको कुलत हटेर जान्छ । साथै घरमा रहेका टिभि, कम्प्युटर, ल्यापटप, मोवाइल, भिडियो गेम लगायतका विद्युतीय उपकरणलाई बच्चाको पहुँचभन्दा टाढा राख्नुहोस् ।

मोबाइलको लत हठात् छुटाउन नसकिने भएकाले बिस्तारै कम गर्दै लैजानुपर्छ। मोबाइल र इन्टरनेटका बैगुन मात्र छैनन्। यसलाई सदुपयोग गर्न सकेको खण्डमा धेरै कुरा सिक्न सकिन्छ।

हामीले यो वैज्ञानिक आविष्कारलाई नकार्न सक्दैनौँ। कति समय हेर्ने, के हेर्ने भनेर निश्चित समय तोके मात्रै पनि यसबाट उत्पन्न हुने सारा समस्या समाधान हुन्छन्।

यसमा पहिलो भूमिका अभिभावकको हुन्छ। बालबालिकाले सबैकुरा त्यागेर मोबाइलमा लाग्दा यसको लत बस्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here