मन्त्रिपरिषद्ले गर्‍यो संविधान संशोधनको निर्णय, निसान छाप फेरिने

काठमाडौं, ९ जेठ । सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको हो ।

नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने ठहरसहित निर्णय गरिएको स्रोतले जनाएको छ ।

नयाँ नक्सा कार्यान्वयनका गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने छ ।

संविधान संसोधनको प्रस्ताव दुईतिहाई बहुमतबाट मात्र पारित हुनसक्छ ।

प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ।

सरकारले ल्याएको नयाँ नक्सा बुधबार सार्वजनिक गरिएको थियो । नयाँ नक्सामा भारतबाट अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here