थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं, ९ जेठ । नेपालमा थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सेती प्रदेशिक अस्पतालमा गरिएको परीक्षणमा नयाँ संक्रमित थपिएका हुन् ।

यो सँगै कुल संक्रमितको संख्या ५०७ पुगेको छ । सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा संक्रमण पुष्टि भएको हो। ७० जना भने डिस्चार्ज भएका छन्। संक्रमितमध्ये पुरुष ४३३ र महिला ७४ छन्।

कुल संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here