प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, १२ जेठ । कोरोना महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

नेपाल टेलिभिजन मार्फत साँझ साँढे पाँच बजे गर्ने सम्बोधनमा प्रधानमन्त्रीले कोरोना महामारीका विरुद्धको लडाइका सन्दर्भमा जनतालाई जानकारी गराउन केन्द्रित हुनेछ ।

कोरोना महामारीपछि प्रधानमन्त्रीले यसअघि दुईपटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here