थप ११४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८८६ पुग्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ११४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशको विभिन्न ठाँउमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमितको संख्या थपिएको हो ।

यो सहित नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ। एकैपटक यतिधेरै संख्यामा नेपालमा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो।

कुल संक्रमितमध्ये हालसम्म नेपालमा ४ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here