स्याङ्जा र नवलपुरमा थप ४ जनामा कोरोना, गण्डकी प्रदेशमा संक्रमितको संख्या १६ पुग्यो

काठमाडौं, १५ जेठ । स्याङ्जा र नवलपुरमा थप चारजनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो रिपोर्ट अनुसार स्याङ्जाको वालिङमा क्वारेन्टाइनमा रहेका २६ र २२ वर्षका दुई युवा ३९ वर्षकी एक महिलामा कोरोना देखिएको हो ।

त्यस्तै गण्डकी प्रदेशको बर्दघाटपूर्व नवलपुर देबचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक युवालाई कोरोना देखिएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here