भारतीय मिडियाको समाचार गलत र भ्रामकः नेपाली सेना

काठमाडौं, १५ जेठ । नेपाली सेनाले भारतीय मिडियामा आएका सेनासम्बन्धी समाचार गलत र भ्रामक बनाएको छ ।

जेठ १४ गते हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा शिशिर गुप्ताद्वारा लिखिन ‘In huge setback to PM Oli, Nepal’s new political map hits a roadblock’ तथा जेठ १५ गते tfipost.com मा अक्षय नारंगद्वारा लिखित ‘Oli ordered Nepal Chief of Army to rebut Indian Army Chief’s remarks, the Nepalese General said ‘No thanks’ शिर्षकमा प्रकाशित भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार समाचारको सेनाले खण्डन गरेको छ ।

समाचारमा नेपाली सेना प्रमुखलाई प्रधानमन्त्रीले भारतका सेना प्रमुखको भनाइको खण्डन गर्न भने पनि उनले नमानेको भन्ने भ्रामक सुचना प्रकाशित गरिएको थियो ।

‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर र्पुयाउने उद्देश्यबाट प्रेरित देखिन्छ,’ सेनाले भनेको छ ।

राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न पनि उसले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here