नेपालमा हालसम्म २०६ जना संक्रमण मुक्त, कुन प्रदेशमा कति ?

काठमाडौं, १६ जेठ । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ । कोरोना संक्रमित १२१२ मध्ये ६ जनाको ज्यान गएको छ भने २०६ संक्रमण मुक्त भएका हुन् । अन्य उपचाररत रहेका छन् ।

शुक्रबारसम्म प्रदेश १ मा ३० जना, प्रदेश २ मा १०२ जना, बागमती प्रदेशमा २० जना, गन्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ४७ जना र सुदूरपश्चिचम प्रदेशमा ५ जना संक्रमित उपचारपछिघर फर्किएका छन् स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म १ लाख ६९ हजार ६ सय ३२ जनाको कोरोना परीक्षण भएको छ। जसमध्ये ६४ हजार १ सय ५४ जनाको पिसिआर र १ लाख ५ हजार ४ सय ७८ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

पछिल्लो समय संक्रमितको संख्या पनि बढ्दै भएको छ । एकैदिन आज कोरोना भाइरसका १७० नयाँ बिरामी थपिएका छन्। कुल संक्रमित १ हजार २ सय १२ पुगेको छ।

समध्ये हालसम्म २ सय ६ जना उपचारपछि डिस्जार्च भएका छन् भने ६ जनाको मृत्यु भएको छ। उपचारपछि डिस्जार्च हुनेको संख्या बढ्दै गएको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये १ हजार १ सय ३ जना जना पुरुष र १ सय ९ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

कोरोनाको संक्रमण हालसम्म ५२ जिल्लामा फैलिएको छ। मुलुकभर हाल १ हजार जना अस्पतालको आईसोलेसनमा र ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here