समाजसेवी गुरुङद्धारा आफ्नी आमाको काज किरियामा लाग्ने खर्च समाजसेवाका लागि प्रदान

काठमाडौं । समाजसेवी पशुपति गुरुङले स्वर्गीय आमा चिसकुमारी गुरुङको काज कृयामा लाग्ने खर्च समाजसेवाका लागि प्रदान गरेका छन् । आमाको अन्तिम संस्कारमा समाजसेवी पशुपति गुरुङले नगद ५ लाख समाजसेवाका लागि प्रदान गरेका हुन् ।

गुरुङले आफ्ना माता/पिताको समाजसेवाप्रतिको भावनाको कदर गर्दै आमाको सम्झनामा नगद ५ लाख आइतबार आफ्नै निवासमा आमाको पुण्य तिथीको अवसर पारेर संस्कार समाज नेपाललाई प्रदान गरेका छन्।

संस्कार समाज नेपाललाई अक्षयकोष स्थापनाका लागि प्रदान गरिएको उक्त रकमबाट वार्षिक आउने व्याजको रकम समाजसेवामा खर्च गरिने छ । साथै उक्त रकमबाट सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरु मध्येबाट एक जनालाई हरेक वर्ष प्रोत्साहत स्वरुप पुरस्कार समेत प्रदान गरिने छ ।

संस्कार समाज नेपालका अध्यक्ष समेत रहेकी समाजसेवी गुरुङसंग यस सम्बन्धमा जिज्ञासा गर्दा आफ्नो पारिवारिक पृष्ठभूमि समाजसेवी भएको बताए । २००७ साल अघि नै कास्कीको घान्द्रुकमा सर्वसाधरणहरुले पढ्ने विद्यालय पु¥याउनका लागि पशुपति गुरुङका हजुरवुवाले ठूलो भूमिका निर्वाह गरेका थिए।

हजुरवुवाले स्थापना गरेको हालको श्री मेश्रम वराह उ.मा.वि.मा आफ्ना वुवाहरुले मिलेर विपन्न परिवारका लागि ५ लाखको अक्षयकोष स्थापना गर्नु भएको बताउदै गुरुङले गत वर्ष आफूले पनि ५ लाखको अक्षयकोष स्थापना गरिदिएको बताए ।

यसरी समाजसेवामा हजुरवुवाकै समयदेखि क्रियाशील परिवारमा हुर्किएकी गुरुङ विगत तीन वर्षदेखि सक्रिय रुपमा समाजसेवामा लागि परेका छन् । संस्कार समाज नेपाल मार्फत ‘आचरण सुधारौं’ महाअभियान लिएर हिडेएकी गुरुङ छोटो समयमा अभियानलाई देशव्यापी बनाउन सफलसमेत हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here