भारतमा कोरोना संक्रमितको संख्या २ लाख नजिक, एकैदिन २२३ को मृत्यु

काठमाडौं, १९ जेठ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९० हजार नाघेको छ । आइतबार एकै दिन साढे आठ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टिभएसँगै संक्रमितको संख्या १ लाख ९० हजार ६ सय ९ पुगेको हो ।

आइतबार आठ हजार ७ सय ८२ जनामा संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट ५ हजार ४ सय ८ जनाको मृत्यु भइसकेको छ।

आइतबार मात्रै त्यहाँ संक्रमणबाट २ सय २३ जनाले ज्यान गुमाएका छन्। भारतमा अहिलेसम्म ९१ हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here