दोधारा चाँदनीमा आइसोलेसन वार्ड स्थापना

दोधारा । माहाकाली नगरपालिका वडा नंं २ खानेपानी कार्यालयको भवनमा आइसोलेसन वार्ड स्थापना गरिएको छ ।

माहाकाली नगरपालिकाका क्वारेन्टाईनमा र्‍यापिड जाँच पछि पोजिटिभ रिर्पोट आएपछि उनिहरुका लागी राख्न माहाकाली नगरपालिका वडा नंं २ खानेपानी कार्यालयको भवनमा आइसोलेसन वार्ड स्थापना गरिएको बताईएको छ ।

पालिकाका क्वारेन्टाईनमा र्‍यापिड जाँच पछि अझै सम्म भिमदत्त नगरपालिका स्थित रहेको महाकाली अञ्चल अस्पताल पठाउने गरिन्थ्यो ।

भिमदत्त नगरपालिकाको आइसोलेसन वार्डमा कोरोनाको शंका लागेका ब्यक्तीलाई राख्ने स्थान नभएको कारण माहाकाली नगरपालिकाले आज देखि माहाकाली नगरपालिका वडा नंं २ खानेपानी कार्यालयको भवनमा आइसोलेसन वार्ड स्थापना गरेको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।

प्रथम चरणमा १० सैयाको आईसोलेसन वार्ड स्थापना गरिएको छ् । १० शैयाको आइसोलेसन स्थापना गर्दै माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले माहाकाली नगरपालिकामा कोरोना नियन्त्रणमा कुनै प्रयास बाँकी नरहने बताएका छन् ।

कोरोना एक ब्यक्तिबाट सजिलै अर्को ब्यक्तिमा सर्न सक्ने भएकोले सबै नगरबासीमा सजगता अपनाई सुरक्षित रहन समेत आग्रह गरिएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here