फोनपेले पायो पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड

काठमाडौं, २० जेठ । फोनपे पेमेन्ट सर्विस लिमिटेडले डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण पाएको छ ।

यस प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुरा प्रमाणित गरेको कम्पनीले बताएको छ ।

भुक्तान कार्ड उद्योग डाटा सुरक्षा मापदण्ड भुक्तान कार्ड र उद्योग सुरक्षा मापदण्ड काउन्सिलद्धारा अवलम्बन गरिएको अनिवार्य मापदण्डहरुको सेट हो । जहाँ कम्पनीले पीसीआइद्धारा उल्लेख गरिएका मापदण्डहरू पुरा गर्नुपर्दछ ।

यसले डाटाको भण्डारण, प्रक्रिया तथा डाटाको सुरक्षा गर्दछ भने भुक्तानीमा हुने धोकाधडी अर्थात् फ्रड कार्यलाई रोक्दछ ।

टेक्नोलाजी विक्रेताहरूका लागि पीसीआइ डिएसएस स्तर प्रमाणिकरण प्राप्त गर्नका लागि पीसीआइ मापदण्ड अनुसार आफ्नो टेक्नोलोजी, नेटवर्क र आन्तरिक प्रक्रियाहरूको सुनिश्चितगर्न विस्तृत अडिट हुन्छ ।

फोनपेका प्रमुख टेक्निकल अफिसर दिवस सापकोटाका अनुसार फोनपे नेपालमा यस किसिमको प्रमाणिकरण प्राप्त गर्ने गैर कार्ड आधारित पहिलो पिएसओ हो ।

यसबाट ग्राहकको डाटा सुरक्षा हुनुका साथै डाटा उलंघनको जोखिमलाई हटाउँछ र कुनै पनि संदिग्ध उलंघनको छानविनको दायरा बढाइ संस्था तथा ग्राहकको वित्तीय क्षतिको जोखिम हटाउँछ, कम्पनीले भनेको छ ।

फोनपे नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था, १ लाख ४० हजार मर्चेन्ट रहेका छन् भने ११ लाख मोबाईल बैंकिङ प्रयोगकर्तालाई यसले सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here