भारतमा संक्रमितको संख्या २ लाख नाघ्यो, १ लाख संक्रमण मुक्त

काठमाडौं, २१ जेठ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या २ लाख नाघेको छ ।

बुधबार बिहानसम्मको तथ्यांकानुसार २ लाख ७ हजार १८३ जनामा संक्रमण पुष्टि भएको हो । एकै दिन ८ हजार ८१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १ लाख २८५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट ५ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २२१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८२९ पुगेको हो ।

संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here