उर्जा क्षेत्रमा खर्च गर्न विश्व बैंकले १२ अर्ब ऋण दिने

काठमाडौं, २१ जेठ । विश्व बैंकले उर्जा क्षेत्रमा खर्च गर्न नेपालका लागि १० करोड अमेरिकी डलर (करीव १२ अर्ब रुपैयाँ) ऋण सहायता स्वीकृत गरेको छ ।

कोरोना भाइरसको मारमा परेको अवस्थामा नेपालको उर्जा क्षेत्रलाई पुनरुत्थान गर्नका लागि उक्त ऋण सहयोग गरेको विश्व बैंकले उल्लेख गरेको छ ।

बैंकका देशीय निर्देशक फारिस हाजाडजेर्भोसले सहयोग रकमले नेपालमा विद्युत क्षेत्रको सुदृढीकरणका लागि जारी सुधारहरु हालको संकटको समयमा अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्ने बताए । भरपर्दो, किफायति र दिगो विद्युतले गरिबी न्यूनीकरण समेत सहयोग पुर्‍याउने उनले बताए ।

बैंकले यो रकमले नेपाल विद्युत् प्राधिकरणको आर्थिक सम्भाव्यतामा सुधार गर्ने, स्वायत्त, पारदर्शी, र जवाफदेही नियामक संचरना स्थापना गर्ने तथा संघीय संरचनाअन्तर्गत प्राधिकरणको पुनर्संरचना गरी प्रान्तीय र स्थानीय सरकारहरूलाई सशक्तिकरण गरिने जनाएको छ ।

विश्व बैंकले डेभलमेन्ट पोलिसी क्रेडिट अन्तर्गत नेपाललाई सहयोग गर्दै आएको छ । यो ऋण सहयोग विद्युत क्षेत्र र कोभिड १९ संकट विरुद्ध लड्नका लागि रहेको विश्व बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here