थप ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६३४ पुग्यो

काठमाडौं, २२ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज भेटिएका कोरोना संक्रमितहरु संक्रमितहरु बिराटनगर, मोरङ, सप्तरी, पर्सा, ताप्लेजुङ, झापा, बारा, सिन्धुली, रौतहट, म्याग्दी, बाग्लुङ, पर्वत, स्याङजा, डोटी, नेपालगञ्ज, कपिलवस्तु, दाङ, मुगु, दैलेख, खोटाङ, धनुषा, महोत्तरी र सर्लाहीका रहेका छन ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको मन्त्रालयले बताएको छ । जस मध्ये पुरुषको संख्या २ हजार ४५० जना रहेका छन भने १८४ जना महिला रहेका छन ।

विवरण अनुसार सबैभन्दा बढी २ नम्बर प्रदेशमा ९६३ जना, ५ नम्बर प्रदेशमा ८९८ जना, कर्णली प्रदेशमा ३८३ जना, १ नम्बर प्रदेशमा १९८, ७ नम्बर प्रदेशमा ८१ जना, बागमती प्रदेशमा ५९ र गण्डकी प्रदेशमा सबैभन्दा कम ५३ जना कोरोना संक्रमित रहेका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये २९० जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये १० जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here