सहकारी अभियानबाट कोरोना कोषमा २७ लाख जम्मा, हालसम्म सहकारीले १० करोड दिए

काठमाडौं, २३ जेठ । राष्ट्रिय सहकारी महासंघले सहकारी अभियानको तर्फबाट नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २७ लाख एक हजार ७ सय ६४ रुपैयाँ प्रदान गरेको छ ।

महासंघका अध्यक्ष मिनराज कँडेलले निवर्तमान अध्यक्ष केशव वडाल समेतको उपस्थितिमा शुक्रबार उपप्रधान तथा रक्षा मन्त्री तथा कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई चेक हस्तान्तरण गरे ।

यसरी महासंघको नेतृत्वमा मात्रै कोभिड १९ को महामारीविरुद्ध लड्नका लागि संघिय कोष र कोरोना नियन्त्रण सहकारी केन्द्रमा गरी रु. ५२ लाख बढी सहयोग उपलब्ध गराएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले सहकारी क्षेत्रले तल्लो तहदेखि नै उल्लेखनीय ढंगले सहयोग गर्दै आएकोमा धन्यवाद दिदै सहकारी अभियानले विभिन्न माध्यमबाट कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण कार्यका लागि गरेको विवरण समेत उपलब्ध गराउन आग्रह गरेका थिए । कँडेलले सहकारी अभियानले हालसम्म रु. १० करोड भन्दा बढि सहयोग गरिसकेको बताए ।

संघीय सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउन राष्ट्रिय सहकारी महासंघ र झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ५÷५ लाख रुपैयाँ प्रदान गरेका थिए । त्यसैगरि झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २ लाख, राष्ट्रिय सहकारी महासंघका कर्मचारी परिवारले १ लाख ११ हजार ९ सय ३७ रुपैयाँ, नवलपरासीको किसान कल्याण साकोसले १ लाख ३ हजार, झापाको मेची सहकारी संस्थाले १ लाख १ हजार १ सय ११, काभ्रेको विन्धबासिनी साकोसले १ लाख १ हजार १ सय ११, झापा र कास्कीका जिल्ला सहकारी संघहरुले जनही १ लाख १ हजार प्रदान गरेका थिए । कैलालीको नवजिवन सहकारी संस्थाले १ लाख १ हजार प्रदान गरेको छ ।

त्यसैगरी, राष्ट्रिय सहकारी महासंघको संचालक समितिले ६९ हजार, काभ्रेको सामुदायिक साकोसले ६१ हजार, काठमाडौंको कुमारी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभले ५५ हजार ५ सय ५५ सहयोग गरेका छन् । मोरङको जिल्ला सहकारी संघले ५२ हजार ५ सय, झापाको हाम्रो नेपाल साकोस र कन्चनजंघा बहुउद्देश्यीय सहकारी र दोलखाको मिलिजुली कालिन्चोक साकोसले समान अंकमा ५१ हजार प्रदान गरे । काठमाडौंको सुयोग्य साकोसले ५० हजार ५ सय ५५, धादिङको जनकल्याण साकोस र काठमाडौंको मनिप्लान्ट साकोसले समान अंकमा ५० हजार प्रदान गरे ।

ललितपुरको मनास्लु बहुउद्देश्यीय सहकारी संस्थाले ४० हजार, काठमाडौंको मेगा ड्रिम साकोसले २७ हजार ७ सय ७७ रुपैयाँ, दोलखाको जिल्ला बचत तथा ऋण सहकारी संघले २५ हजार १ सय ५ रुपैयाँ, जिल्ला सहकारी संघ लि दोलखाले २५ हजार प्रदान गरे भने बाराको साना किसान कृषि सहकारी संस्थाले २५ हजार, भक्तपुरको श्री सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्थाले २० हजार, ललितपुरको माता विन्द्यबासिनी साकोसले ११ हजार १ सय ११ र पर्साको जिल्ला बचत तथा ऋण सहकारी संघले ११ हजार रुपैयाँ संघीय कोषमा जाने गरी सहयोग गरेको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताइन् ।

साथै, गत २०७६ चैत २० गते सहकारी अभियानकोतर्फबाट मनमोहन मेमोरियल अस्पतालमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना गर्नका लागि महासंघले १० लाख, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)ले ५ लाख, नेपाल कृषि सहकारी केन्द्रीय संघले ५ लाख गरेको थियो । त्यसैगरी सो केन्द्रका लागि चन्द्रागिरी सोकोस काठमाडौंले ५० हजार, शुभलक्ष्मी सहकारी संसथाल झापाले ५२ हजार ५ सय,हाम्रो सगरमाथा बहुउद्देश्यी सहकारी संस्थाले ५५ हजार ५ सय ५५, मेगा ड्रिम साकोसले २७ हजा ७सय ७८, रिलायवल बचत तथा ऋण सहकारी संस्था, शंखमुललले २५ हजार ५ सय, अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाले २० हजार १सय ११, ललितपुरको उद्धार साकोसले २० हजार रुपैयाँ प्रदान गरेको छ ।

यसरी सहकारी संघ÷संस्थाबाट केन्द्रका लागि ५ लाख उपलब्ध गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here