युएईबाट १ सय ६८ जना नेपाली लिएर काठमाडौं आइपुग्यो एयर अरबिया

काठमाडौं, २३ जेठ । संयुक्त अरब इमिरेट्स (युएई) बाट १ सय ६८ नेपाली लिएर एयर अरेबियाको जहाज काठमाडौं आइपुगेको छ।

कोरोना भाइरसको महामारीका कारण घर फर्किएका नेपाली लिएर एयर अरबियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

युएईको स्थानीय समय अनुसार दिउँसो १२ः ०३ मा उडेको सो जहाज शुक्रबार करिब साढे ५ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। उनीहरुलाई अब विमानस्थलबाट प्रदेश अनुसार होल्डिङ सेन्टरमा लगिने छ।

होल्डिङ सेन्टरसम्म लैजाने र विवरण लिएपछि सम्बन्धित प्रदेशको जिम्मा लगाइनेछ। हरेक प्रदेशका लागि एक एक जना मन्त्रीलाई समन्वयको जिम्मा दिइएको छ।

शुक्रबार नै बर्मामा अलपत्र नेपालीको पनि उद्धार गरिएको छ। बर्माबाट आज २६ नेपालीको नेपाल फर्किएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here