इटालीलाई उछिन्दै भारत सर्वाधिक संक्रमण फैलिएको देशको सूचीमा छैटौं स्थानमा

काठमाडौं, २४ जेठ । भारतमा सर्वाधिक संक्रमण फैलिएको देशको सूचीमा भारत छैटौं स्थानमा पुगेको छ ।

यसअघि सातौं स्थानमा रहेको भारतले इटालीलाई उछिन्दै छैटौं स्थानमा पुगेको हो। सूचीको पहिलो स्थानमा अमेरिका छ। अमेरिकापछि क्रमशः ब्राजिल, रुस, बेलायत, स्पेन तथा भारत छन्।

कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार १ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ। शनिबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा ६ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ।

१ लाख १३ हजार २ सय ३१ जना संक्रमणमुक्त भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here