स्पेनलाई उछिन्दै भारत कोरोना संक्रमण फैलिएका देशको सूचीमा पाचौं स्थानमा

काठमाडौं, २५ जेठ । भारतमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको छ।

आइतबार बिहानसम्मको तथ्यांक अनुसार, भारतमा ६ हजार ९ सय ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

त्यस्तै, १ लाख १८ हजार ६ सय ९५ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो समय भारतका कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । सर्वाधिक संक्रमण फैलिएको देशको सूचीमा भारत पाँचौं स्थानमा उक्लिएको छ।

शनिबार मात्रै इटालीलाई उछिन्दै छैटौं स्थानमा उक्लिएको भारतले आइतबार स्पेनमा पनि उछिन्दै पाँचौं स्थानमा पुगेको हो। सूचीको पहिलो स्थानमा अमेरिका छ। जहाँ १ लाख १२ हजार ९६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १९ लाख ८८ हजार ४ सय ६१ रहेको छ ।

त्यस्तै, दोस्रो स्थानमा रहेको ब्राजिलमा ६ लाख ४५ हजार ७ सय ७१, तेस्रो स्थानमा रहेको रुसमा ४ लाख ५८ हजार र चौथो स्थानमा रहेको बेलायतमा २ लाख ८६ हजार २ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ।

नेपालमा अहिलेसम्म ३ हजार २ सय ७३ जना संक्रमित भएका छन् भने १३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३६५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here