‘मौसम फेरिँदा कोेरोनाको प्रभाव कस्तो पर्छ भन्ने कुनै प्रमाण छैन्’ – डब्ल्यूएचओ

काठमाडौं, २९ जेठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मौसममा हुने परिवर्तनबाट विश्व महामारी कोरोनाभाइरस संक्रमण प्रसारमा कस्तो असर पर्छ भन्ने कुनै प्रमाण फेला नपरेको बताएको छ ।

डब्ल्यूएचओको आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले मौसम परिवर्तन वा फेरि तापक्रम बढ्दा यो भाइरसको संक्रमण प्रसार बढ्ने कुनै ठोस प्रमाण नरहेको बताए।

‘हामीसँगै यो कुराको कुनै सटिक प्रमाण छैन, जसले यो पुष्टि गर्छ कि मौसम परिवर्तनले यो भाइरस अझै खतरनाक हुन सक्छ वा फेरि तीव्र फैलिन सक्छ’, उनले भने।

पृथ्वीको उत्तरी ध्रुवमा गर्मी यामको आगमनसँगै कोरोना भाइरसमा कस्तो प्रभाव पर्छ भन्ने पनि स्पष्ट नरहेको उनको भनाई छ । यसले गर्दा मौसमले कोरोना भाइरसको प्रभाव कम वा बढी हुन्छ भन्ने भ्रममा नपरी सावधानी अपनाउन उनले सुझाव दिएका छन् ।

उनले भनेका छन्, ‘हामीलाई थाहा छैन कि कोरोना भाइरसको व्यवहार कस्तो हुनेछ । तत्काल हामीसँग त्यस्तो कुनै तथ्यांक छैन कि जसले जाडो मौसममा कोरोना भाइरस थप आक्रमणक हुन्छ वा शिथिल हुन्छ भन्ने बताउन सकोस् ।’

उनले कोरोना भाइरसको संक्रमण जाडो याममा थप तीव्र गतिमा हुन्छ वा संक्रमणको जोखिम कम हुन्छ भन्ने अहिले भन्न सक्ने अवस्था नरहेको उनले बताए ।

महामारीको सुरुआती अवस्थामा केही विशेषज्ञहरुले गर्मीयाममा यो भाइरसको प्रकोप बढ्ने संकेत गरेका थिए। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here