पुजो ईभी पूर्व बजेट मूल्यमा, स्टक रहुञ्जेल मात्र छुट

काठमाडौं, २९ जेठ । पुजो गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता साँग्रिला मोटर्स प्रा. लि. ले पुजोको विद्युतीय पार्टनर टेपी इभीलाई पूर्व बजेट मूल्यमै बिक्री गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७७।७८ को बजेटले इलेक्ट्रिक गाडीको करमा करीब ९० प्रतिशतले वृद्धि गरेको छ जसले विद्युतीय गाडीहरुको मूल्य बृद्धी हुने निश्चित छ । तर साँग्रिलाले पुजो पार्टनर टेपी इभी पूर्व बजेट मूल्य रु ५५ लाखमै बिक्री गर्ने भएको हो ।

पार्टनर टेपी इभी, परिवार, होटेल, ट्राभल एजेन्सी तथा व्यापारिक प्रयोजनका लागि उपयोगी हुने कम्पनीले बताएको छ ।

पुजोको पहिलो पार्टनर ईभी सेप्टेम्बर २०१७ मा वितरण शूरु भएको थियो र संसारभरी यसले सफलता हासिल गरेको थियो ।

पुजो पार्टनर टेपीमा शक्तिशाली इलेक्ट्रिक ईन्जिन जडान गरिएको छ, जस्ले ६७ एच पी पावर, २०० एन एम टर्क, मात्र ४.२ सेकेन्डमा ३०–६० कि. मी. प्रति घण्टाको रफ्तार तथा १ सय १० किमी प्रति घण्टासम्म गति लिन सक्छ । त्यस्तै यसमा जडित ब्याट्रीले एक पटक चार्जमा १७० कि. मी. सम्म गुड्न सक्छ ।

पाँच सिट क्षमताको टेपीमा पछाडिका सिटहरु छुटाउन मिल्ने, फोल्ड गर्न मिल्ने तथा पूर्ण रुपमा झिक्न मिल्ने खालका छन् । पछाडिको सिटमा ३ जना आरामले सवारी गर्न मिल्छ । साथै सिट पछाडि फोल्ड गरी १३५० लिटर सम्म स्पेस पाउन सकिन्छ । सिटहरु झिकी यसले ३००० लिटर सम्म कार्गो/वुट स्पेस दिन्छ ।

२०० मि. मि ग्राउण्ड क्लियरेन्स भएको कारण कुनै पनि सडकमा गाडिको व्याट्रीले भुइ छोला भन्ने डर नलिई ढुक्क भई चलाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here