लकडाउन खुकुलो गर्नु स्वागतयोग्य, कर तिर्ने समय पनि बढाइने विश्वास

काठमाडौं, २९ जेठ । नेपाल चेम्बर अफ कमर्शले सरकारले गरेको लकडाउन खुकुलो गर्ने निर्णयको स्वागत गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको एसईई नगराइने र भोलिदेखि काठमाडौं उपत्यकाका निजी सवारी साधन जोर—विजोर प्रणालीमा चलाउन पाइने, पसल सञ्चालन गर्न दिइने, पीसीआर परीक्षणको दायरा बढाइने र क्वारेन्टाइनको स्तरोन्नती गरिने निर्णय गरेको छ जुन सहरानीय छ, चेम्बरले भनेको छ ।

सरकारको निर्णयलाई सकारात्मक रुपले लिएर कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाएर जस्तै माक्र्सको उचित प्रयोग गरेर, सेनिटाइजर र सोसल डिस्ट्यान्सको पलना गरेर काम गर्दै जानुपर्ने उसको भनाइ छ ।

काठमाडौं उपत्यकाका निजी सवारी साधन जोर—विजोर प्रणालीमा चलाउन पाइने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ । यसमा जोर गते जोर नम्बर भएका र बिजोर गते विजोर नम्बर भएका निजी सवारी चलाउन पाइनेछ ।

मोटरसाइकलमा चालक मात्र र अन्य जुनसुकै निजी सवारी साधनमा चालक सहित बढीमा तीन जना सवार हुन पाइनेछ । यी सबैका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड भने पूरा गरेको हुनुपर्नेछ ।

पसल सञ्चालन गर्न दिने, पीसीआर परीक्षणको दायरा बढाउने, संक्रमित धेरै देखिएको ठाउँमा सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहका बीच प्रदेश सरकारले समन्वय गर्ने र देशभरका क्वारेन्टाइनको स्तरोन्नती गर्ने कुरालाई चेम्बरले सकारात्मक रुपमा लिएको छ ।

त्यसैगरी, उसले भ्याटको, कर तिर्ने समयलाई पनि बढाई दिने विश्वास लिएको छ ।

साथै राजस्व सम्बन्धि सबैलाई सुविधा गर्न हुने अनुरोद गर्दै अब आउने असारमा स्थानीय तहले पनि सबै कर देखि स्थानीय करमा सुविधा सहुलियत छुटहरु दिने विश्वास पनि चेम्बरको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here