गोरखाका ११ सहित गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण, मनाङमा पनि देखियो

काठमाडौं, ४ असार । गोरखाका ११ सहित गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा ४१ जना पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ। संक्रमित महिला गोरखा जिल्लाकी हुन्।

बिहीबार संक्रमण पुष्टि हुनेमा नवलपरासी बर्दघाट सुस्तापूर्वका १८ जना, गोरखाका ११ जना, तनहुँका १२ जना र मनाङका एक जना रहेका शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नवलपरासीका १८ जनामध्ये १५ जना मध्यबिन्दु नगरपालिकाका १९ देखि ४३ वर्ष उमेर समुहका पुरूष छन् भने १ जना गैँडाकोट नगरपालिका छन् । मध्यपुरबिन्दुकै २ जनाको उमेर खुलेको छैन ।

यस्तै तनहुँका १२ जनामध्ये ऋषिङ गाउँपालिकाका ७, शुक्ला गण्डकीका १ र भानु नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू सबै पुरूष हुन् ।

यस्तै मनाङको चामे गाउँपालिकामा कार्यरत कपिलस्तुका ५७ वर्षीय एक पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

गोरखाको पालुङटारका ६ पुरूष र १ महिला तथा शहीद लखन गाउँपालिकाका ४ पुरूषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालले जनाएको छ । योसँगै गण्डकीमा प्रदेशमा संक्रमितको संख्या दुई सय ८९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here