कोरोना संक्रमितको संख्या ८३ लाख नाघ्यो, ४४ लाख संक्रमण मुक्त

काठमाडौं, ४ असार । विश्वभर कोरोना संक्रमितको संख्या ८३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार २५७ नयाँ संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या ८३ लाख ९२ हजार ४८१ पुगेको हो ।

संक्रमित ३५ लाख ३६ हजार ८७७ जनाको उपचार भइरहेको छ भने ४४ लाख ५ हजार १५२ जना उपचारपछि निको भएका छन् ।

संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ हजार २६४ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा विहिबार बिहानसम्म १ लाख ८४ हजार ६५९ जनाको मृत्यु भएको छ ।

२२ लाख ५२ हजार ४११ जना संक्रमित भएकोमा १२ लाख ४ हजार ३६७ जना संक्रमणमुक्त भएका छन् ।

अमेरिकी मुलुकहरुमा १ लाख ४८ हजार ७७९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २५ लाख ७२ हजार ३३४ पुगेको छ । त्यसमध्ये ११ लाख २९ हजार ८७१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४४ हजार ५५८ जनाको मृत्यु भएको छ । १७ लाख ३३ हजार १३९ जना संक्रमित भएकोमा १० लाख ८५ हजार २२१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६५ हजार ६८ जनाको मृत्यु भएको छ । १५ लाख ५४ हजार १७९ जना संक्रमित भएकोमा ८ लाख ५१ हजार १४ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here