सेञ्चुरी बैंकले साँढे ४ प्रतिशत नगद र २ प्रतिशत सेयर बाेनश दिने

काठमाडौं, १३ वैशाख । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो ।

सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेश कुमार श्रेष्ठ, सुनिल कुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूंजीको २ प्रतिशत बराबरको बोनस शेयर र ४.५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पूंजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ ।

आ.व. २०७५/७६ को पुस मसान्तसम्म बैंकले कुल निक्षेप रु. ६४ अर्ब १२ करोड र कर्जा रकम रु. ५९ अर्ब ६१ करोड परिचालन गरी रु.७४ करोड २ लाख सञ्चालन मुनाफा र रु. ५१ करोड ८१ लाख खुद मुनाफा आर्जन गरेको बताइएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्क गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here