कोरोना संक्रमितको संख्या ९१ लाख नाघ्यो , ४९ लाख २१ हजार संक्रमणमुक्त

काठमाडौं । विश्वमा हालसम्म ९१ लाख ८६ हजार ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ४ लाख ७४ हजार २ सय ५८ जनाले ज्यान गुमाएका छन्।

विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ४९ लाख २१ हजार ४ सय ७ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।

हाल विश्वमा ३७ लाख ९० हजार ४ सय ३२ जना संक्रमित उपचारत छन्। उपचारत मध्ये ५७ हजार ८ सय ८४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने ३७ लाख ३२ हजार ५ सय ४८ जनाको अवस्था सामान्य रहेको छ।

अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् भने त्यहाँ एक लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ ।

ब्राजिलमा कोरोनाका १० लाख ८३ हजार बढी संक्रमित छन् त्यहाँ मृतकको संख्या ५० हजार पार भएको छ ।
नेपालमा हालसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। नेपालमा रहेका संक्रमित मध्ये २३ जनाको मृत्यु भइसकेको छ भने २ हजार १ सय ४८ जना डिस्चार्ज भएका छन्। नेपालमा कोरोनाको पहिलो संक्रमण गत ९ माघमा फेला परेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here