लकडाउनको अवधिमा तेस्रो पटक अण्डाको मूल्य बढ्यो, संघ भन्छ-किसान अझै घाटामै

काठमाडौं, ९ असार । नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य वृद्धि गरेको छ । लकडाउन खुकुलो भएसँगै संघले अण्डाको मूल्य क्यारेटको २० रुपैयाँ बढाएको हो ।

संघले बैशाखदेखि हालसम्म अण्डाको मूल्यवृद्धि गरेको तेस्रो पटक हो । २८५ रुपैयाँ पर्ने क्यारेटको मूल्यमा २० रुपैयाँ वृद्धि गरी ३०५ रुपैयाँ पुर्याएको छ ।

लकडाउन खुकुलो हुने हल्ला भएपछि एकैचोटी २५ रुपैयाँ वृद्धि गरेकोमा हिजो मात्र पुनः २० रुपैयाँ वृद्धि गरेको छ ।

लकडाउनको शुरुवातमा प्रति क्यारेट २४० रुपैयाँ रहेकोमा त्यसलाई बढाएर २६० रुपैयाँ प्रति क्यारेट मूल्य कायम भएको थियो ।

किसानको फर्ममा ३०३ रुपैयाँ पर्ने अण्डाको क्यारेट उपभोक्ताको भन्सासम्म पुग्दा अब ३५० देखि ३६० सम्म पर्ने भएको छ ।

मूल्यवृद्धि गर्दा पनि अहिले किसानले लागतमूल्य भन्दा घाटामा अण्डा बेचिरहेको र एउटा अण्डामा एक रुपैयाँ १६ पैसा घाटामा अण्डा बेच्दै आइरहेको संघको दावी छ ।

लकडाउनको कारण दाना अभावले पछिल्लो समय कृषकले चल्ला राख्नसमेत छाडेका छन् । यसबाट अण्डा उत्पादनमा क्रमशः गिरावट हुँदै जाने अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here