रामदेवको कोरोना निको पार्ने दाबी २४ घण्टा पनि टिकेन, औषधिमा सरकारको प्रतिबन्ध

काठमाडौं । भारतीय योगगुरु बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले बजारमा ल्याएको कोरोना निको पार्ने औषधी ‘कोरोनिल’ को दाबी २४ घण्टा नबित्दै प्रतिबन्धमा परेको छ ।

रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले मंगलबार सार्वजनिक गरेको कोरोना औषधिलाई भारत सरकारले प्रतिबन्ध लगाएको हो । उक्त औषधिलाई रामदेवले तामझामपूर्वक सार्वजनिक गरेका थिए । साँझ नै भारतको आयुष मन्त्रालयले उक्त कम्पनीले ल्याएको कोरोनिल औषधिको प्रचारप्रसारमा पनि अंकुश लगायो ।

मन्त्रालयले कम्पनिलाई यस किसिमको औषधिको विज्ञापन तत्काल रोक्न समेत आग्रह गरेको छ । मन्त्रालयले यो विषयमा राम्रोसँग अनुसन्धान भइनसकेोले विज्ञापन गर्नु उचित नहुने जनाएको छ ।

पतञ्जलीले कोरोना उपचारका लागि भनेर सार्वजनिक गरेको औषधिको वैज्ञानिक अध्ययन नभइसकेको मन्त्रालयले स्पष्ट पारेको छ ।

रामदेवले कोरोनाको बिरामीलाइ आफूले उत्पादन गरेको औषधीको परीक्षण प्रयोग गरेर ठीक पारेका दावी गरेका थिए ।

मन्त्रालयले उक्त औषधीको कम्पोजिसन, परीक्षण गरिएको अस्पतालको विवरण, प्राटोकल, स्याम्पल साइज, परिक्षणको इथिकल कमिटीको क्लियरेन्स आदि विवरण समेत मागेको छ ।

मन्त्रालयले औषधीबारे पूर्ण जानकारी दिन र औषधीमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएको छ । मन्त्रालयले भनेको छ–‘औषधीमा सबै प्रकारका परीक्षण नगरी अर्को आदेश नहुञ्जलेसम्मका लागि प्रतिबन्ध भएको जानकारी गराइन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here