गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण

काठमाडौं, १० असार । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदबिन्दु शर्माद्धारा जारी विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

उनिहरु लमजुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, बागलुङमा ९, तनहुँमा १ र नवलपरासी पूर्वमा १ जना रहेका छन्। यो सहित गण्डकीमा संक्रमितको संख्या सात सय २९ पुगेको छ।

बुधबार पुष्टि भएका ३२ सँगै गण्डकीमा संक्रमितको संख्या सात सय २९ पुगेको छ।

७० जना संक्रमित निको भएर घर फर्किएका छन् भने एकको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here