अब यसरी हुनेछ आन्तरिक हवाइ उडान (फोटोफिचर)

फाइलफोटो

काठमाडौं, ११ असार । बुद्ध एयरले हवाइ उडान शुरु भएपछि अपनाउनु पर्ने सावधानीबारे नमुना उडान सञ्चालन गरेको छ ।

लगभग १ साता अघिदेखि तयारी शुरु गरेको बुद्ध एयरले जहाज उडानका लागि पूर्व तयारी गरेको हो ।

पूर्वअभ्यासमा यात्रुका रुपमा आफ्न कर्मचारीलाई प्रयोग गरिएको थियो ।

प्राधिकरणले तोकेका प्रक्रिया पूरा गरि उडान हुने र हवाइ यात्राका दौरान यात्रुलाई कोरोना संक्रमण नहोस भन्ने उद्देश्यले यस्तो नमुना उडान गरिएको कम्पनीको भनाइ छ ।

जहाजमा चढ्दा टर्मिनल प्रवेश गरेदेखी जहाज चढेर झर्दासम्मका लागि विशेष नियमहरु बनाइएका छन् ।

जहाजमा चढ्दा स्यानिटाइजर र फेस सिल्डर उपलब्ध गराइने छ । हाल पूर्ण तयारीका साथ सरकारको निर्देशन पर्खिरहेको बुद्ध एयरले कुन कुन ठाउँमा जहाज सुविधा दिने तय गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here