लकडाउनको अवधिमा १ सय ९ वटा बलात्कारका घटना, ४७ प्रतिशत छिमेकीबाट

काठमाडौं, ११ असार । लकडाउनको अवधिमा चैत ११ गतेदेखि असार ५ गतेसम्म १ सय ९ वटा बलात्कार घटना भएका छन् ।

ओरेक अभिलेखिकरण अनुसार उक्त अवधिमा १ सय ९ वटा बलात्कारका घटना मध्ये ८वटा सामुहिक बलात्कार र ९ वटा वैवाहिक बलात्कार सम्बन्धी घटन घटेका छन् ।

बलात्कार घटनामा सबैभन्दा बढी ४७ प्रतिशत (६४ जना) छिमेकी रहेका छन् । यस्तैगरि १२ प्रतिशत (१७ जना) आफ्नै परिवारका सदस्यहरु, बुवा (७), दाजु (३), ससुरा (२), परिवारकाअन्य सदस्य (५) घटनामा संलग्न रहेको पाईएको छ ।

९ वटा प्रेमी ठानिएको व्यक्ति, ३ वटा घटना सेवाप्रदायक, ३ वटा शिक्षक, र ३१ वटा घटनाअन्जान व्यक्तिबाट भएको छ ।

बलात्कारका घटनामा सबैभन्दा बढी २९ प्रतिशत (४० जना) १७ देखि २५ उमेर समुहका युवाहरु रहेको छ भने २६ देखि ३५ बर्ष उमेर समूहका २७ जना, ३६ देखि ४५ बर्ष उमेर समूहका १८ जना, ४६ बर्ष भन्दामाथिका उमेर समूहका १४ जना र उमेर समूह थाहा नभएका ३५ र १६ बर्षभन्दाकमउमेर समूहका २ जना संलग्न रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here