१० वटा अन्तराष्ट्रिय उडानबाट १२ सय नेपाली स्वदेश फर्किँदै

काठमाडौं, १२ असार । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबार १० वटा अन्तर्राष्ट्रिय उडान हुने भएका छन्।

विश्वभर कोरोनाको प्रकोप बढेसँगै विभिन्न देशमा समस्यामा परेको नेपालीहरुलाई नेपाली ल्याउन र लिन जानका लागि १० उडान हुन लागेको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलद्धारा जारी विज्ञप्ति अनुसार दमाम, रियाद, याङ्गुन, बहराइन, क्वालालम्पुर, दुबई, मेलबर्न र हङकङमा चार्टर्ड उडान हुनेछ। विमान विभिन्न देशबाट १२ सय जना नेपाली र केहि शव समेत स्वदेश फकाईने छ ।

बिहानै बहराइनबाट नेपाल एयरलाइन्सको जहाजमार्फत २ सय ६० जना नेपाली स्वदेश फर्किएका छन्।

कुवेतमा आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्कदै छन् । कुवेतको जजिरा एअरमार्फत त्यहाँ आममाफीमा सहभागी झण्डै १५० जना नेपाली स्वदेश फर्कन लागेका हुन् ।

आज ६ ठाउँमा नेपाली लिन हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सका जहाज जाँदैछन् । नेपाल एयरलाइन्स नेपाली लिन मलेसियाको क्लालाम्पुर, हङकङ, अस्टे«लियाको मेलबर्व, यूएईको दुबई र साउदीको रियाद जाँदैछ ।

हिमालय एयरलाइन्सको चार्टर्ड जहाज नेपाली लिन साउदीको दमाम आज जानेछ भने भोलि बिहान नेपालीहरु लिएर काठमाडौं फर्कनेछ । श्री एअरलाइन्सको जहाज युंगुन जाँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here