३४ खर्बको अर्थतन्त्रमा कुन प्रदेशको कति योगदान ?

काठमाडौं, १३ वैशाख । केन्द्रिय तथ्यांक विभागले यो वर्षको अर्थतन्त्रको आकार अघिल्लो वर्षको भन्दा ४ खर्बले बढेर ३४ खर्ब ६४ अर्ब रुपैयाको हुने बताएको छ ।

त्यस्तै यो वर्ष पहिलोपटक नेपालका सातवटै प्रदेशमा कुल ग्राहस्थ उत्पादन (जीडीपी) गणना गरिएको छ ।

तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालको अर्थतन्त्रमा प्रदेश नम्बर ३ को योगदान धेरै रहेको छ ।

विभागको तथ्यांक अनुसार प्रदेश नम्बर ३ को कुल ग्राहस्थ उत्पादन १४ खर्ब ३२ अर्ब ७५ करोड रहेको छ । जुन कुल ग्राहस्थ उत्पादनकोे करीब ४१ प्रतिशत हुन आउँछ ।

दोस्रो स्थानमा रहेको प्रदेश नम्बर १ को कुल ग्राहस्थ उत्पादन ५ खर्ब ५ अर्ब ८४ करोड रहेको छ जुन देशको कुल ग्राहस्थ उत्पादनकोे १४ प्रतिशत हुन आँउछ ।

तेस्रोमा रहेको प्रदेश नम्बर ५ को कुल ग्राहस्थ उत्पादन ४ खर्ब ५२ अर्ब ७८ करोड रहेको छ । यो कुल ग्राहस्थ उत्पादनकोे झण्डै १३ प्रतिशत हुन आँउछ ।

यसैगरी ४ खर्ब ४४ अर्ब ४९ करोड कुल ग्राहस्थ उत्पादन रहेको प्रदेश नम्बर २को देशको अर्थतन्त्रमा १२ प्रतिशत योगदान रहेको छ ।

गण्डकी प्रदेशको कुल ग्राहस्थ उत्पादन २ खर्ब ८८ अर्ब २० करोड रहेको छ भने सुदुरपश्चिम प्रदेशको कुल ग्राहस्थ उत्पादन २ खर्ब २० अर्ब ९५ करोड रहेको छ ।

देशको अर्थतन्त्रमा यी दुई प्रदेशको हिस्सा क्रमश करीब ८ प्रतिशत र ६ प्रतिशत रहेको छ ।

त्यस्तै सबैभन्दा कम कुल ग्राहस्थ उत्पादन कर्णाली प्रदेशको रहेको छ । १ खर्ब १९ अर्ब २५ करोड कुल ग्राहस्थ उत्पादन रहेको कर्णाली प्रदेशले अर्थतन्त्रमा करीब साँढे ३ प्रतिशत योगदान दिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here