थप १ सय २१ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ३ हजार १ सय ३४

काठमाडौं, १५ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट उनिहरु संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो पटक १३ महिला र १०८ जना गरी १२१ जना निको भएका हुन्। योसहित नेपालमा हालसम्म ३ हजार १३४ जना उपचारपछि निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here