‘खल्तीले ल्यायो दुई गुणा अफर’, ११ दिनमै नगद दोब्बर पार्ने अवसर

काठमाडौं, १८ असार । खल्ती डिजिटल वालेटले मोवाइल एप र खल्ती डटकम वेब पेजमार्फत कारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणा अफर’ योजना ल्याएको छ ।

डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्नका लागि ल्याइएको सो योजना यही असार १७ देखि ११ दिनसम्म चल्ने छ जसमा ग्राहकले आफूले पठाएको रकम दोब्बर बनाउने अवसर पाउने छन् ।

बिजेताको वालेटमा खल्तीले ग्राहकले पठाएजति नै रकम जम्मा गरिदिने छ । विजेता नबन्नेहरूले आफूले पठाएजति रकम असार ३१ भित्र वालेटमै फिर्ता पाउने छन् । योजना अबधिमा १० रूपैयाँदेखी ५ सय रूपैयाँसम्म पठाउनेको मात्र नगद दोब्बर हुनेछ ।

योजनामा सहभागी हुनेले असार २७ सम्म आफ्नो ब्यक्तिगत विवरण प्रमाणित गरिसक्नु पर्नेछ, प्रवद्र्धनात्मक योजनामा खल्तीका सबै प्रयोगकर्ता साथै एजेन्टहरू पनि सहभागी हुन सक्ने छन् ।

११ दिनको अबधिमा रकम पठाउनेमध्ये ५० जना बिजेताको घोषणा असार २८ मा हुनेछ । विजेतालाइ ग्राहकहरूले पठाएको रकममा त्यति नै रकम (अधिकतम रु. ५ सय मात्र) थपेर खल्तीले विजेताकै खातामा उपलब्ध गराउनेछ ।

बिजेता नबन्ने सबै सहभागीहरुको रकम खल्तीले असार ३१ भित्र उनीहरूको डिजिटल वालेटमै फिर्ता गरिदिनेछ ।

यस योजनामा खल्तीका प्रयोगकर्ताले जति पटक पनि सहभागिता जनाउन पाउनेछन् । खल्तीका प्रयोगकर्ताले एसएमएसमार्फत अफलाइन कारोबार पनि गर्न सक्ने छन् ।

हामीले नगदको सट्टा डिजिटल माध्यमबाट कारोबार गर्न ग्राहकलाई प्रोत्साहन गर्न योजना ल्याएका हौं, खल्तीका सहायक प्रबन्धक अनिल कार्कीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here