पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना संक्रमण

काठमाडौं, २० असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय ७३जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार ४ सय १५ पुगेको छ। मृतकको संख्या ३४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here