सहकारीलाई रोजगारी सृजनामा लाग्न मन्त्री अर्यालको निर्देशन

काठमाडौं २०, असार । कोभिड १९को महामारीका कारण बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्न सहकारी क्षेत्रमा नयाँ रोजगारी सृजनामा लाग्नु पर्ने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले बताएकी छन् ।

कोभिड १९को महामारी र जलवायु परिवर्तनबाट सिर्जित परिस्थितिविरुद्ध अनुकुलन क्षमता सुदृढ गराउनका लागि सहकारी क्षेत्रले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय सहकारी महासंघले ९८औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा मन्त्री अर्यालले यस्तो बताएकी हुन । ‘यो विषम परिस्थितिमा सहकारीले सिर्जना गर्न सक्ने रोजगारीको अवसरका विषयमा सरकारलाई तथ्यांक्क उपलब्ध गराउनुस,’ उनले भनिन, ‘सबै क्षेत्रमा प्रवेश गर्न आवश्यक पर्ने कानुनमा संशोधन गर्न सरकार तयार छ ।’

उत्पादन र स्वरोजगार सिर्जना गर्न सक्ने क्षेत्रमा सहकारी प्राथमिकतामा रहेको उनको भनाइ थियो । ‘अर्थतन्त्रमा देखिएका गम्भिर चुनौतीको सामना गर्न, उत्पादनमुलक क्षेत्रमा लगानी गर्न, स्थानीय स्रोत साधानलाई अधिकतम उपयोग गर्न सहकारीको भुमिका अपरिहार्य छ,’ उनले भनिन, ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि पनि हरेक क्षेत्रमा सहकारीको उपस्थितिको खाँचो छ ।’

सहकारी अब एक क्षेत्रमा मात्र सिमित भएर हुँदैन । जनस्तरससम्म पुग्ने, प्रत्येक परिवारका सदस्यम्म पुग्ने सहकारी सबै क्षेत्रमा जानुपर्छ । त्यसका लागि कानुनी अड्चन फुकाउने उनले बताइन ।

जुलाई महिनाको पहिलो शनिवार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । यस पटक जलवायु कार्यका लागि सहकारी भन्ने थिमका साथ यो दिवस मनाइएको हो ।

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव केदार न्यौपानले दिवसको थिम जलवायु कार्यका लागि सहकारी भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले नेपालले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन बनाएर अगाडी बढेकाले सहकारी क्षेत्रले जलवायु परिवर्तनबाट सिर्जित चुनौती उत्थानीलता र अनुकुलन व्षमता बृद्धि गर्नका लागि सदस्यहरुलाई तयार पार्नुपर्ने बताए ।

बहु जोखिमयुक्त मुलुकमध्ये नेपाल २०औं स्थानमा जलवायु परिवर्तनको जोखिमका दृष्टिले नेपाल चौथो मुलुक रहेकाले यसका लागि सबैभन्दा ठूलो संजाल भएको सहकारीले महत्वपूर्ण तयारी गर्नुपर्ने बताए ।

कार्यक्रममा युएनडीपी नेपालका सहायक आवासीय प्रतिनिधि विजय सिंह देशको लक्ष्यमा सहकारीले ठूलो योगदान दिन सक्छ ।

सो कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कँडेलले महासंघले सहकारी अभियानका लागि दिगो विकास लक्ष्यका गाइडलाइन तयार गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here