दोधारा चाँदनीमा कोरोना संक्रमणको जोखिम बढ्यो

पप्पु गुरुङ्ग

दोधारा, २१ असार । भारतबाट आएका मध्य ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि माहाकाली नगरपालिकामा संक्रमणको जोखिम बढेको छ ।

उनिहरु भारतको बिभिन्न स्थानबाट रोजगारी गएका थिए । कोरोना भाइरसको कारण उनिहरुको रोजागारी गुमेर घर फर्किका हुन् ।

माहाकाली नगरपालिकाका बिभिन्न स्थानमा निमार्ण गरिएको क्वारेन्टिनमा बसेर घर फर्केपछि उनिहरुलाई कोरोना संक्रमित भएको पुष्टि भएको हो ।

क्वारेन्टिनबाट घर फर्के पछि उनिहरुलाई संक्रमित भएको पुष्टि भएपछि स्थानियहरुमा संत्रास छाएको हो । संक्रमित भएकाहरु सबै संग हेलमेल गरेको कारण संक्रमण बढ्ने आंकलन गरिएको छ् ।

संक्रमित देखिएकाहरु ३ वर्षका बच्चा देखी ६० वर्षका महिला तथा पुरुषहरु रहेका छन् । सरकारले जनजीवन सहज बनाउनका लागि लकडाउन खुकुलो बनाए संगै भिडभाड पनि बढेको छ ।

माहाकाली नगरपालिकाको मुख्य बजार क्षेत्र हेल्थ पोष्ट बजार, चाँदनी बजार, बाबाथान बजार, आमभोज बजार लगाएत बजारहरुमा बाक्लो चहलपहल बढेर गएको छ् ।

माहाकाली नगरपालिका क्षेत्रमा रहेको बैंक तथा बित्तिय संस्थाहरुमा चहल पहलले संक्रमण समुदाय स्तरमा बढ्ने प्रबल सम्भावना बढेर गएको छ् । कोरोना संक्रमण दिनँहु बढिरहेको स्थानियहरुले अनुमान गर्न थालेका छन् ।

कोरोना संक्रमित देखिएका व्यक्ति खुला घुम्दा समुदाय स्तरमा संक्रमण बढ्ने खतरा बढेर गएको स्थानिय खेम बहादुर थापा बताउँछन् । यस्तो अवस्थामा भिडभाडले अझ संक्रमण बढाउन सक्ने भएकोले थप सचेत हुनु पर्ने प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डा.गगन चौधरीको भनाई छ ।

बजार क्षेत्रमा भिडभाड र सामाजिक दुरी नबनाएको कारण समुदाय स्तरमा संक्रमण फैलिदै जाने सम्भावना बढी रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका चौधरीले बताएका छन् ।

माहाकाली नगर क्षेत्रको एक मात्रै स्वास्थ्य केन्द्र प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा दिनहु २ सय भन्दा बढी बिरामी आउने गरेको कारण स्वास्थ्य केन्द्रमा समेत संक्रमण फैलिन सम्भावना बढी रहेको उनको भनाई रहेको छ ।

स्वास्थ्य केन्द्रमा उचित प्रबन्ध नभएको कारण समेत स्वास्थ्यकर्मी बढी जोखिम मोल्दै आएको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ् । लकडाउन खुकुलो भए संगै जनजीवन सहज भएको छ, तर यसले भिडभाड पनि उत्तिकै बढाउनुको साथै संक्रमण फैलिने संत्रास बढाएको छ ।

माहाकाली नगर क्षेत्रका स्थानियहरुमा अनावश्यक कामका लागि बाहिर निस्किएका छन् भने केही साथी भाइ भेटघाट र घुमफिरका लागि जमघटमा व्यस्त देखिन्छन् । भिडभाडले कोरोना संक्रमणको जोखिम बढाउने पक्ष प्रति सर्वसाधारण सचेत भएको देखिदैन ।

मानिसहरुले एक आपसमा दुरी बनाएको देखिंदैन । केहीले मास्कको प्रयोग गरेका छन् केहीले मास्क समेत लगाएका छैनन् । माहाकालीका मुख्य सडक खण्डमा समुह समुह बनाएर मानिसहरु निस्फ्रिकि घुमेको देखिन्छ् । भिडभाडमा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकोले थप सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

सरकारले तोकेको सवारी साधनमा जोर बिजोर प्रणालीका पनि माहाकाली नगर क्षेत्रमा लागुनै भएन् । लकडाउनको वेलामा वैंकहरु संचालन हुदा अत्याधिक भिडभाड भएको छ् । यहाका वैंक तथा बिद्युत महशुल बुझाउने कार्यालयहरुमा भएको भिडलाई नियाल्ने हो भने, कोरोना संक्रमणको धेरै जोखिम देखिन्छ् ।

लामो समय पछि वैंकहरु खुल्दा सेवाग्राही लाईन लागेर वसेपनि भीड बढ्दै जादा धकेला धकेल सम्मको अवस्था आउने गरेको सेवाग्राहीको गुनासो छ् । लाईन लाग्दा समाजिक दुरी कायम भएको छैन् । यहा“का मुख्य वैंकमा मानिसको घुईचो लागेको छ ।

भिडभाड वढी भएको नियन्त्रण गर्न सुरक्षाकर्मीको समेत उपस्थित देखिन्न् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको मुखमै रहेको कुमारी बैंकमा भौतिक दुरीको उल्लंघन भएको देखिन्छ् । माहाकाली नगर क्षेत्रमा मानिसको भिडभाड वढ्दा स्थानियवासी समेत त्रसित वनेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here