काठमाडौं, २४ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ सय ५३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।
यो सहित डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ। मृतकको संख्या ३५ पुगेको छ ।