नयाँ आइफोन एसई, म्याकबुक, आईम्याक प्रो यसै महिनादेखि नेपालमा

काठमाडौं, २५ असार । एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले यही जुलाईदेखि नेपालमा नयाँ आईफोन एसई सार्वजनिक गर्ने भएको छ । यो ६४ जीबी, १२८ जीबी र २५६ जीबीमा कालो, सेतो र रातो कलर अप्सनमा उपलब्ध हुनेछ ।

त्यसैगरी म्याकबुक प्रोमा कम्पनीले छुट पनि घोषणा गरेको छ । रु. २ लाख १७ हजार ५ सय पर्ने म्याकबुक प्रो (८ जीबी र २५६जीबी)को नयाँ मूल्य रु. १ लाख ७८ हजार र रु. १ लाख ८८ हजार ५ सय पर्ने म्याकबुक प्रोको नयाँ मूल्य १ लाख ६५ हजार तोकिएको छ ।

इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर, राइजिंग मल, क्वालीटी कम्प्यूटर (विर्तामोड, झापा), मोबाइल ट्रोन र फ्युचर टेक ट्रेड आफ्ना आधिकारिक वितरक भएको कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here